• २८ भदौ २०८३, आइतबार
  • ११ः५८ बिहान

मन्त्री अर्यालद्वारा महिला दिवसका अवसरमा शुभकामना

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०२:४२

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण दिदीबहिनीमा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आर्थिक सशक्तीकरणतर्फ उन्मुख भई आत्मनिर्भरताको दिशामा अगाडि बढौँ भन्ने कामना गरेकी छिन् ।

National Life

आज यहाँ जारी गरेकी सन्देशमा उनले महिलाको सशक्तीकरण अभियानलाई मूल मुद्दा बनाएर अघि बढ्न आवश्यक भएको र त्यसका लागि सामाजिक सचेतनताको अभियानलाई सशक्त ढङ्गले अगाडि बढाउँदै महिलालाई उत्पादनशील कार्यमा सहभागी गराएर आर्थिकरूपमा आत्मनिर्भर बनाउन जरुरी भएको बताएकी छिन्।

राज्यका सबै क्षेत्रमा एकतिहाइ महिला सहभागितालाई अनिवार्य गराउने संवैधानिक व्यवस्थाले महिला समानताको सुनिश्चिततालाई निकट बनाएको जनाउँदै उनले सन्देशमा यसलाई नेपाली महिला आन्दोलनको ठूलो उपलब्धि भएको उल्लेख गरेकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया