• ५ असोज २०८३, सोमबार
  • ९ः०४ राती

‘छोरा नहुँदैमा के भयो र ? म उहाँको अर्धांगिनी हुँ, मै आगो दिन्छु’

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०९:४४

काठमाडौँ । छोरा नहुँदैमा के भयो र ? छोरै किन चाहियो रु छोरी भए हुँदैन ? अझै धेरैले भन्छन्, ‘मर्दा कसले दागबत्ती दिन्छ ? कसले किरिया गर्छ ? ’ समय बदलियो। नयाँ पुस्ता बरु पुरानै सोचमा हुँदा मधेसका ज्येष्ठ महिला त्यो धारणा बदल्न कस्सिएका छन्। र, छोरीले अन्त्येष्टि गर्ने क्रम बढेको छ।

National Life

आउनुहोस्, ८० वर्षीया शीतलीदेवी साहको यस्तो ‘विद्रोह’ को सम्मान गरौं। जनकपुरधाम–७ जानकी नगरकी शीतलीदेवीका पति सय वर्षीय मुखिया साहको अघिल्लो शनिबार निधन भयो। तीन छोरीकी आमा शीतलीका आफन्त र समाज मुखामुख गर्न थाले, ‘मुखाग्नि कसले दिने ? ’ उनीहरूले आफूखुसी निर्णय गरे– भतिजाबाट अन्तिम संस्कार गराउने। तर, शीतलीले मानिनन्। हिम्मतसाथ भनिन्, ‘छोरीहरूले बुवालाई अन्तिम समयसम्म हेरचाह गरे। उनीहरूले दागबत्ती दिन्छन्। उनीहरूले किरिया गर्छन्।’

स्वजातका कथित जान्ने–बुझ्नेले मानेनन्। तिनीहरूलाई नाजवाफ बनाउने गरी उनले निर्णय सुनाइन्, ‘म उहाँको अर्धांगिनी हुँ, मै आगो दिन्छु।’ अन्ततः यसलाई कसैले अस्वीकार गर्न सकेन। घरमा आइसकेका केही मान्छे यता–उता लागे।

Classic Tech Mobile
Classic Tech Desktop

मुखियाको शवलाई तीन छोरी बेचनीदेवी, बुधोदेवी, फूलकुमारी र नाति अनुरागले काँधा दिए (बोके)। छोरीहरूले काँधा दिएकै कारण उनका नातेदार जति मलामीमा सहभागी हुनुर्पथ्र्यो, त्यति आएनन्। वृद्धा शीतलीदेवी हातमा गुइँठा (जुन दागबत्ती दिन प्रयोग गरिन्छ) र उतरी (दाहसंस्कारपछि लगाउने लुगा) लिई अगाडि–अगाडि थिइन्। पछाडि उनका सय वर्षीय पतिको शव बोकेर तीन छोरी र एक नाति मसानघाट हिँडेको दृश्यले टोलवासी स्तब्धभन्दा बढ्ता चकित भए। र, मलामी जान तयार भएका धेरै घरभित्रैै छिरेर ढोका लगाए। अन्नपूर्ण पोष्ट्बाट साभाार गरिएको ।

प्रतिकृया