• ६ असोज २०८३, मंगलबार
  • २ः५७ राती

सुनको मूल्य अकासिदै, १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार ०९:५८

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका तथ्यांकअनुसार २०६१ सालमा सुन प्रतितोला १० हजार रुपैयाँ कारोबार भएको थियो । १५ वर्षअघि १० प्रतितोला रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

National Life

वरिष्ठ अर्थ्विद् डा. चन्द्रमणि अधिकारीले पछिल्लो समय विश्व बजारमा नै सुनको मूल्य बढ्दै गएको बताए । अन्तर्रा्ष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा समेत गरेको उनले बताए ।

वरिष्ठ अर्थ्विद् डा. अधिकारीले भने, ‘अन्तर्रा्ष्ट्रिय राजनीति अनिश्चिता, विश्व अर्थतन्त्रको उतारचढाव, अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व, भारतको खस्किँदो अर्थतन्त्र, डरलको मूल्य वृद्धि पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइसरले समेत सुनको मूल्य उकालो लागेको हो ।’ अर्थ्विद् डा. दिल्लीराज खनालले विश्व अर्थतन्त्रमा भइरहेको उतारचढाव, राजनीतिक अस्थिरता चीन र अमेरिका व्यापारी द्वन्द्व र चीनमा पछिल्लो समय फैलिएको कोरोना भाइसरले सुनको मूल्यमा असर परेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्व राजनीतिले अन्य क्षेत्रमा लगानीको वातावरण सुरक्षित नहुँदा लगानी कर्ता सुरक्षित लगानीका लागि सुन लगानी गर्न थालेको उनको भनाइ छ । पछिल्लो समय विश्व बजारमा सुनको माग बढ्दै गएको हुँदा आपूर्ति गर्न नसक्दा सुनको मूल्य उकालो लाग्दै गएको अर्थ्विद् डा. खनालको भनाइ छ । खनालले अन्तर्रा्ट्रिय राजनीतिमा बढ्दै राजनीति द्वन्द्वले सुनको मूल्य अझै बढ्न सक्ने बताए ।

महासंघको तथ्यांकअनुसार यही साता तीनपटक सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ७७ हजार १ यस रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ६ सय रुपैयाँमा करोबार भयो । शुक्रबार प्रतितोला ५ रुपैयाँ बढेर ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया