• ६ असोज २०८३, मंगलबार
  • ९ः०२ बिहान

३६ अंकले नापोलीको जित

प्रकाशित मिति

२०७६ फाल्गुन १० गते, शनिबार १०:१८

इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले रेलिगेसन टोली ब्रेसियालाई हराएर जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलको मैदानमा नापोलीले ब्रेसियालाई २–१ गोलले हराएको हो। नापोलीले पुनरागमन जित निकालेको थियो ।

National Life

नापोलीको जितमा लोरेन्जो इनसिग्ने र फावियन रुइजले गोल गरेका थिए। ब्रेसियाका जोन चान्सेलरले गोल गरेका थिए । २६औं मिनेटमा जोन चान्सेलरले गोल गर्दै घरेलु टोली ब्रेसियाले अग्रता लिएको छ । नापोलीलाई गोल फर्काउन दोस्रो हाफसम्म पर्खनु परेको थियो । ५०औं मिनेटमा लोरेन्जो इनसिग्नेले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । ब्रेसियाका एलिस माटेजुले डिबक्स भित्र ह्यान्ड गरेपछि नापोलीले पेनाल्टी पाएको थियो । ५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अगाडी बढाएका थिए ।

त्यसपछि थप गोल नहुँदा नापोली विजयी भयो । जितसँगै नापोली छैटौं स्थानमा उक्लिएको छ । नापोलीले २५ खेलबाट ३६ अंक बनाएको छ । १६ अंक बनाएको ब्रेसिया रेलिगेसनको चपेटामा छ । ब्रसिया १९औं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५७ र दोस्रो स्थानमा रहेको लाजियोको ५६ अंक रहेको छ । दुवै टोलीले २४ खेल खेलेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया