• ६ असोज २०८३, मंगलबार
  • ८ः४७ बिहान

नेपाल पुलिस क्लबद्वारा साग पदक विजेतालाई सम्मान

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार १०:१५

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक प्राप्त गरेकालाई नेपाल पुलिस क्लबले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार पुलिस क्लबले पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

National Life

पुलिसले एकलतर्फ स्वर्ण पदक जित्नेलाई १ लाख २५ हजार, रजत पदक विजेतालाई ६० हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३० हजार रुपैयाँ तथा सामूहिक खेलतर्फ स्वर्ण पदक विजेतालाई ७५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ४० हजार रुपैयाँ र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरेको हो ।

गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं सागमा पुलिसमा आबद्द खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ पदक जितेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया