• ६ असोज २०८३, मंगलबार
  • ८ः५९ बिहान

शहीद स्मारक ए डिभिजन : मछिन्द्र र नेपाल पुलिस भिड्दै

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ०१:२८

जारी शहीद स्मारक ए डिभिजन लिगमा शनिबारको दोस्रो खेल मछिन्द्र क्लब र नेपाल पुलिस बीच हुँदैछ । दशरथ रंगशालामा दिउँसो तीन बजे अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्रसँग नेपाल पुलिस भिड्नेछ ।

National Life

निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको मछिन्द्रले पुलिस विरुद्ध जित निकाले अंक तालिकाको शीर्ष स्थानमा उक्निेछ । ९ खेल सकिदा त्रिभुवन आर्मी २० अंक जोड्दै शीर्ष स्थानमा छ । मछिन्द्र भने १९ अंक जोड्दै दोस्रो स्थानमा छ । मछिन्द्रलाई मनाङ मस्र्याङ्दीले समान १९ अंक जोड्दै पछ्याइरहेको छ ।नेपाल पुलिस भने १४ अंक जोड्दै छैटौं स्थानमा छ । पुलिसले मछिन्द्रलाई हराउन सके १७ अंक जोड्दै चौथौं स्थानमा उक्लिनेछ ।

प्रतिकृया