• १७ असोज २०८३, शनिबार
  • ८ः४१ राती

प्रधानमन्त्री ओलीले सभामुखलाई शुभकामना दिँदै भने ‘एमसीसी अनुमोदनको प्रतीक्षामा छ’

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ०२:०५

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अनुमोदनको प्रतीक्षामा रहेको बताउनु भयो । आज प्रतिनिधिसभाको बैठकमा थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने बताउदै भन्नुभयो, ‘ धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६र७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेको एमसीसी पारित गर्नुछ ।’

National Life

प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिनुभएको छ । उहाँले सभामुख चयनमा विलम्ब भएको र अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिदै भन्नुभयो, ‘अलिकति विलम्ब भइसक्यौं । सभामुख चयनमा पनि विलम्ब भयो । अब हुनु हुँदैन ।’

प्रतिकृया