• १७ असोज २०८३, शनिबार
  • ५ः२९ बेलुका

प्रहरीद्धारा ६ जना डाँका पक्राउ

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०६:०७

काठमाडौं । उपत्यकाको विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखाको प्रहरीले डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ पुरन्धारा गाउँपालिका–९ खेप्ताङ स्थित घर तर हाल काठमाडौं मित्रनगर बस्ने ३८ वर्षीया भिम बहादुर घर्तीमगर भएता पनि बेद बहादुर नामले चिनिने, नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ कटजुन घर भई काठमाडौं काभ्रेस्थली बस्ने ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका–५ गोलजुङ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–९ डाँडागाउ बस्ने ३८ वर्षीय दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका–९ पुरानागाँउ घर भई काठमाडौं महानगरपालिका–१६ बाईपास बस्ने ३६ वर्षीय कुमार बहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका–२ खड्कु घर भएकाहरु काठमाडौं काभ्रेस्थली बस्ने ३६ वर्षीय तेन्जिङ बहादुर तामाङ, र गोगवु स्थित काठमाडौंमा बस्ने २८ वर्षीय संजित वाईवा रहेका छन् ।

National Life

प्रहरीले नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाइकल १ थान, डाँका घटनामा प्रयोग भएको मोटरसाइकल ३ थान, सुनको औठी १ थान र विभिन्न कम्पनीको मोबाइल लगायतको सामान बरामद गरेको छ । उनीहरु मध्ये बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौं बस्ने व्यक्तिलार्ई मेरो बाजेसंग बल्ने ढुङा छ भन्दै बिभिन्न प्रलोभन देखाई नगद ५० पचास लाख रुपैयाँ माग गरेका थिए । उनीहरुले पिडितलाई खुकुरी र फलामको लठ्ठी समेत देखाई धाकधम्की दिई आखाँमा खुर्सानीको धुलो छर्की पिडितको साथमा रहेको नगद ५० लाख जवरजस्ती लुटपाट गरेर फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धानको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया