• ६ असोज २०८३, मंगलबार
  • ११ः२९ बिहान

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् निर्णय

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ०३:२५

काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक भएको छ । गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय नियमित पत्रकार सम्मेलन मार्फत संचारमन्त्री गोकुल प्रसाद बस्कोटाले सार्वजनिक गर्नु भएको हो ।

National Life

बैठकले साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ। जर्मनीको बोल शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिने, तिब्बतमा बर्षौदेखि बस्दै आएका नेपालीका लागि हस्तलिखित राहदानी परिवर्तन गर्न दिने निर्णय लगायतका निर्णय भएका छन् ।

यस्तै, जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालीनागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत, गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने, सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने लगायतका ३२ निर्णहरु रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया