• ८ असोज २०८३, बिहीबार
  • ८ः२८ राती

पछिल्लो एक वर्षमा कृषि बैंकको वित्तीय सूचकहरूमा सुधार

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार ०६:४५

काठमाडौं : कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरूमा राम्रो सुधार भएको जनाएको छ ।

National Life

बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो वर्षको कर्जा तथा मुनाफा र पुस मसान्त यता निक्षेपमा सुधार गरेको जनाएको हो। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताउनुभयो।

उहाले आगामी सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारी गरेको समेत बताउनुभयो । बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको र गत वर्षको पुष मसान्तमा ४ दशमलव ४२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्षको पुष मसान्तमा घटेर ३ दशमलव ५९ प्रतिशतमा झरेको छ।
कर्जा तथा लगानी पनि १० दशमलव २३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया