• ६ असोज २०८३, मंगलबार
  • ८ः५९ बिहान

श्रीलङ्का विरुद्धको दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी

प्रकाशित मिति

२०७६ पुष २३ गते, बुधबार ०२:२२

एजेन्सी, श्रीलङ्का विरुद्धको दोस्रो टी–२० खेलमा भारत सात विकेटले विजयी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ४२ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अभिश्का फर्नान्डोले २२ रन बनाए ।

National Life

भारतका लागि शार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिँदै श्रीलङ्कालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । जितसँगै भारतले तीन खेलको सिरीजमा एक–शून्यको अग्रता बनाएको छ ।

प्रतिकृया