• ६ असोज २०८३, मंगलबार
  • ६ः५१ बिहान

विश्व वरियतामा नेपाली खेलाडी प्रिन्स दाहाल चौधौँ स्थानमा

प्रकाशित मिति

२०७६ पुष २२ गते, मंगलवार १२:४२

काठमाडौँ, विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् ।

National Life

जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले प्राप्त गरेको उक्त वरियता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो । यसअघि उनी विश्व वरियताको ३२ औँ स्थानमा थिए ।

लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका थिए । उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए । जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया