• ६ असोज २०८३, मंगलबार
  • १०ः२० बिहान

देशभर चिसो बढ्योः काठमाण्डौको तापक्रम ०.६ डिग्री सेल्सियस, तराईमा शीतलहर तथा बाक्लो हुस्सु

प्रकाशित मिति

२०७६ पुष १२ गते, शनिबार १०:१५

काठमाडौँ, देशभरमा चिसो बढ्ने क्रम जारी रहेको छ । शनिबार काठमाडौँ उपत्यकाको तापक्रममा ०.६ डिग्री सेल्सियसमा झरेको छ । चिसो बाढेसंगै तराईमा शीतलहर तथा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो भने बिहीबार काठमाडौँको तापक्रम ०.९ डिग्री सेल्सियस थियो र आजको तापक्रममा ०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा बिहान केही कुहिरो लागेको छ । यो बिस्तारै हट्दै जाने महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बाक्लो हुस्सु र शीतलहरका कारण सुदूरपश्चिम लगायत तराईका जनजीवन प्रभावित बनेको छ । चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । हिजो धनगढीको अधित्तम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो भने न्यूनतम तापक्रम ६ डिग्री मापन गरिएको थियो।

प्रतिकृया