• ४ असोज २०८३, आइतबार
  • ६ः०५ बेलुका

अपराधमा विदेशीको संलग्नता बढ्दो

प्रकाशित मिति

२०७६ पुष १२ गते, शनिबार ०९:५६

काठमाडौं, पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् । पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसारमा संलग्नता बढ्दै गएको हो ।

National Life

नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ ।

यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेसँंगै विदेशीले नेपाललाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्ने गरेको थप तथ्य बाहिर आएको हो ।गोरखापत्र दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया