• ५ असोज २०८३, सोमबार
  • ७ः२७ बिहान

सेतु कुकुरको हत्यारालाई कारबाहीको माग

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०१:४०

काठमाडौं, पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरी देखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हिजो रिपोर्टर्सक्लब नेपालमा दशवटा पशु अधिकारमा सक्रिय संघसंस्थाले संयुक्तपत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने दृटता व्यक्त गरेका हुन् । तिनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगत दुई वर्ष देखि बस्दै आएको सेतु नाम गरेको कुकरको हत्यागरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए । शनिबार २१ मंसिरमा सेतुको हत्यामा संलग्न दोलाबिगु गाउँपालिका घर भई काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनको पत्नी प्रीती शेर्पा सहित सात जनाको समूहले हत्या गरेको श्रेष्ठको भनाई रहेको छ । घटनामा महानगरीय प्रहरी वृत वानेश्वरका दुईजना प्रहरी पनि संलग्न रहेको दाबी गरिएको छ । श्रेष्ठले भने, ‘कुकुर हत्या सामान्य हो भनि प्रहरी देखि सरकारी वकिल सम्मले बेवास्ता गर्न खोजिएकाले गम्भीरताका साथ कानुनी उपचारका लागि लागेका छौं ।’

National Life

घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वुत्तबानेश्वरमा सेतु मारिएको बारे उक्त भवनका केही बहालवाला व्यवसायीहरु मिली निवेदन दिइएको एसपीसीए नेपालका अध्यक्ष श्रेष्ठले बताए । उनले घटनाका दोषी मािथ कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरे । निवेदकहरुलाई सेतुको मालिक नआएको कारण उल्टो गालि र हप्किदप्कि गरी पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एसपीसिए नेपालका संयोजक विकेश श्रेष्ठले सेतु बाहेक अरु कुकुरहरु अत्याधिक मात्रामा मरिरहेको र यसबारे कसैको ध्यान नपुगेको बताए । उनले भने, ‘प्रहरीले हामीलाई मिलापत्र गर्नृुस् भन्नुभयो । कुकुर मरेको कुनै ठूलो विषयनभएको उनलाई प्रहरीले बताए । ’प्रहरीद्धारा निवेदन अस्वीकार गरेपछि सबिना चापागाईँले सेतु मारिएको घटनालाई आफ्नो सामाजिक संजालमाफर्त सार्वजनिक गरेकी थिइन् । सार्वजनिक गरिएपछि गैर सरकारी संस्था एसपीसिए नेपालको ध्यानाकर्षण पुगेको बताइयो । सो पोस्टलाई एसपीसिए नेपालले समेत आफ्नो सामाजिक संजालमापोस्ट गरेका थिए । २४ मंसिर मंगलबार उक्त घटनालाई एसपीसिए नेपाल लगायत नौ वटा गैर सरकारी पशु कल्याणकारी संस्थाले जाहेरी दिन प्रहरी वृत्त पुगेका थिए । प्रहरीद्धारा सो निवेदन दर्ता गर्न नमानिए पछि मिलापत्र गर्न सुझाव दिइएको जनाइयो ।
प्रहरीले निवेदन दर्ता नगरेपछि मंसिर २९ गते संस्थाहरु सरकारी वकिल पुगेको एसपीसिएका श्रेष्ठले बताए । सरकारी वकिल चन्द्र कान्त खनालले पनि सो घटना अध्ययन गर्न एक महिना समय लाग्ने भनिएको बताइयो । संस्थाहरु सरकारी वकिलको कार्यलय बारम्बार धाउँदा उनीहरुलाई फर्काइएको श्रेष्ठले बताए । त्यसपछि संस्था महान्यायाधिवक्ता श्री अग्नी प्रसाद खरेल कहाँ पुग्दा सरकारी वकिलको काममा हस्तक्षेप गर्न नमिल्ने बताएर फकाइएको श्रेष्ठको भनाई छ ।

मुलुकी अपराध संघियता २०७४ को दफा २९० अनुसार पशुपंछी प्रति निर्दयी व्यवहार गनृ नहुने र सो गर्ने वा गराउनेलाई तीनमहिना सम्म कैद वा पाँच हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था नेपाल सरकारले गरेको अधिवक्ता पदम बहादुर श्रेष्ठको भनाई छ । उक्त धारा अनुसार अभियुक्तलाई कारवाही हुनुपर्ने भन्ने कुराको माग कल्याणकारी संघहरुको माग रहेको छ । यसो गर्नाले सेतु जस्तै लाखौँ अरु निर्दोष पशुहरु प्रति भविष्यमा हुन सक्ने हिंसा न्यूनीकरणमा ठूलो योगदान पुग्ने अधिवक्ता श्रेष्ठले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रम गैरसरकरी पशु कल्यानकारी संस्था एसपीसिए नेपाल, एनिमल नेपाल, श्री नेपाल रेस्क्यू एनिमल नेपाल, प्रोजेक्ट ह्यूमन नेपाल, स्नेहा केयर, नेपाल भेजिटेरियन एसोसिएसन, गाई बाछा बचाउ अभियान, द जेन गुडअल इन्सटिटियूट नेपाल, फर केयर र टुगेदर फर पजद्धारा संयूक्त रुपमा पत्रकार सम्मेलन गरिएको थियो ।

२०७६ पुस १० गते बिहिबार
प्रेस विज्ञप्ति

२१ मंगसिर २०७६ शनिबार को दिन, तिनकुने सुविधानगर स्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङ्गमा बिगत २ बर्ष देखि बस्दै आएको सेतु नाम गरेको कुकुरलाई दोलखा जिल्ला, बिगु गाउपालिका घर भई अहिले काठमाडौँ शान्तिनगर बस्दै आएका संजिव ओली र प्रिती शेर्पा लगायत ६­ ७ जनाको समूह, जसमा महानगरीय प्रहरी वृत्त वानेश्वरका २ जना प्रहरी समेत मिली बिभत्स तरिकाले रड प्रहार गरी हत्या गरिएको छ।

सो घटना घटेको तेस्रो दिन महानगरीय प्रहरी वृत्त वानेश्वरमा सेतु मारिएको बारे उक्त भवनका केहि बहालवाला व्यवसायीहरू मिली निवेदन दिईएको थियो। प्रहरीद्वारा निवेदन स्वीकार गरिएन उल्टो निवेदकहरू सेतुको मालिक नभएको कारण उनीहरूलाई गालि र हप्किदप्कि गरी पठाइयो।

प्रहरीले निवेदन लिन नमाने पछि, सबिना आपागाईंले आफ्नो सामाजिक संजालमा सो घटनाको बारेमा लेखिन्, जुन विषयले एस. पि. सिए नेपाल को ध्यानाकर्षण गर्यो। सबिना चापागाईंबाट घटनाको सबै विवरण लिएपछि, एस. पि. सिए नेपालले सो जानकारी आफ्नो फेसबुकमा पोस्ट गरेको हो।

२४ मंसिर २०७६ मंगलबार, उक्त घटनाको जाहेरी दिन एस. पि. सिए लगायत हामी ९ पशु कल्याण संस्थाका प्रतिनिधिहररू तिनकुने प्रहरी बिटमा पुगेका थिए। तर विभिन्न निहुँ पारी प्रहरीले हाम्रो जाहेरी लिन मानेन र सेतु मार्ने पक्ष संग मिलापत्र गर्ने सुझाव दियो।

सो जाहेरी लिएर संस्थाका प्रतिनिधिहरू ९ दिन सम्म प्रहरी वृत्त वानेश्वरमा धायौँ, तर जाहेरी दर्ता नभए पछि, पौष १ गतेको दिन सरकारी वकिलको कार्यालय बबरमहलमा जाहेरी दियौँ तर त्यहाँ पनि सरकारी वकिल चन्द्रकान्त खनालले जाहेरी दर्ता गर्नु अघि त्यो जाहेरी अध्ययन गर्न केहि समय लाग्ने भएकोले २, ३ दिन पछि आउनु भनियो। त्यसपछि, सरकारी वकिलको कार्यालयमा पटक पटक जाँदा, जाहेरी अध्ययन गर्न १ महिना समय लाग्ने बताएर पुन हामीलाई फर्काइयो।

त्यसपछि हामी माहान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलको कार्यालयमा पुग्यौँ । वहाँले सरकारी वकिलले यस्तो काममा हस्तक्षेप गर्न मिल्दैन भन्नुभयो।

नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २९० अनुसार पशुपंछी प्रति निर्दयी व्यवहार गर्न नहुने र सो गर्ने वा गराउनेलाई तीन महिना सम्म कैद वा ५ हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। उक्त धारा अनुसार अभियुक्तलाई कारवाही गरियोस् भन्ने हामी पशु कल्याणकारी संघसंस्थाहरूको माग छ। यसो गर्नाले सेतुले मात्र हैन, सेतु जस्तै लाखौँ अरु निर्दोष पशुहरू प्रति भविष्यमा हुनसक्ने हिंसा न्यूनीकणमा ठूलो योगदान पुग्नेछ। अन्यथा लिखित कानूनको उपहास मात्रै हुनेछ। मानव समाजमा पशुहिंसाका घटनाहरू चरम बन्नेछन्। हामीलाई थाहै छ दिक्तेलमा मुङ्ग्रोले हानी हानी कुकुरहरूको विभत्स संहार गरिएको, नेपालगञ्जमा गाईहरू भीरबाट खसालिएको आदि यस्ता घटनाहरूले मानव मनोवृत्ति कता जाँदैछ र कस्ता कानूनी कदमहरू राज्यले चाल्नुपर्छ भन्ने प्रष्टै देखिन्छ। पशुमैत्री व्यवहार एउटा सभ्य समाजको पहिचान हो। यसै कुरालाई ध्यानमा राखी, हामी १० संस्थाहरूले पौष १० गते, बिहिबार दिउसो १ बजे, रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका छौँ। उक्त व्यहोरा समबन्धी जानकारीको लागि यो विज्ञप्ति जारि गरिएको छ। हामीलाई पूर्ण आशा छ कि हाम्रा पत्रकार साथीहरूले कानुनी रुपमा न्याय पाउन हामीलाई सहयोग गर्नुहुनेछ।

SPCA Nepal, 4370456
Animal Nepal, 5538068
4 Care, 9851016539
Gaai Baachha Bachaau Abhiyaan, 9808297585
Jane Goodall Institute Nepal, 5532100
Nepal Vegetarian Association, 9856060734
Project Humane Nepal, 9861284254
Shree’s Rescue Animal Nepal, 9851242584
Sneha’s Care, 980-8645023
Together for Paws, 9849485063

प्रतिकृया