• ४ असोज २०८३, आइतबार
  • ३ः२० दिउँसो

आनीको जिन्दगानी पूजा, जप र गुफा बास

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०६:३६

काठमाडौँ, लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक छ्यो अध्ययन गरिरहेका छन् ।

National Life

सिमकोट गाउँपालिका –३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएका’ले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको बताए । “मैले १३ वर्षको उमेरदेखि आफ्नो परम्पराअनुसार ठूलो लामाकहाँ पुगी कपाल काटेँ, उसैलाई चढाएर त्यस दिनदेखि जीवनभरि बिहा नगर्ने र ज्ञान लिएर गुफाभित्रै बस्ने निर्णय गरेँ ”, आनी लामाले भने। उनी १५ वर्षसम्म ठूलो लामासँग ज्ञानका पुस्तक अध्ययन गरेर गाउँ नजीकको गुफामा बसे ।

लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ । उनी जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन् । छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ । “आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो”, उनले भने ।
गोरखापत्र दैनिकबाट साभार ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया