मन्त्रिपरिषदका बैठकका १३ निर्णयहरु
प्रकाशित मिति
२०७६ पुष ११ गते, शुक्रबार ०६:२९
काठमाडौं, मन्त्रिपरिषद्को गएको सोमबार पुस ७ गते बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णयको बारेमा जानकारी गराएका हुन् ।
यी हुन मन्त्रिपरिषदका १३ निर्णयहरु
१, सार्वजनिक खरिद ९नवौं संशोधन० नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
२, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेशाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकिएको नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०७५र७र२५ को निर्णयसम्बन्धी सूचना सोही मितिमा नेपाल राजपत्रको अतिरिक्ताङ्क प्रकाशन गर्ने निर्णय गरिएको छ ।
३, साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल तथा भारत सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरिएको छ ।
४, परियोजनाका लागि बाट प्राप्त हुने ३९।३ मिलियन अमेरिकी डलर ९४ अर्व ४६ करोड बराबर० अनुदान सहायता प्राप्तिका लागि सँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
५, खयरबाट उत्पादन हुने बस्तुको सम्बन्धमा मिति २०७६र३र२ को नेपाल राजपत्रमा प्रकाशित निकासी पैठारी सम्बन्धी सूचित आदेशमा संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
६, उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी चालु आर्थिक वर्ष २०७६र७७ को खरिद मूल्य प्रति क्विन्टल रु।५३६।५६ निर्धारण गर्न स्वीकृति प्रदान गरिएको छ ।
७, हातहतियार खरखजाना सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
८, साईप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत श्री रामजीवन पन्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ ।
९, हेटौंडा उपमहानगरपालिका, मकवानपुरको स्वामित्वमा रहेको साविक पदमपोखरी–२ हाल हेटौंडा उपमहानगरपालिका वडा नं। १३ कित्ता नं। १०२ क्षेत्रफल ९१ कठ्ठा जग्गा प्रहरी चौकी पदमपोखरीको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ ।
१०, सुरक्षण मुद्रण सम्बन्धी उपकरणहरू ९प्रेस सम्बन्धी मेशिन, औजार, प्रविधि, प्रणाली तथा अन्य आवश्यक सामग्री र भौतिक निर्माण लगायत० सरकार–सरकार ९जि टु जि० माध्यमबाट खरिद गर्ने सम्बन्धमा फ्रान्स सरकार र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम ९५ख० बमोजिम सरकार–सरकार विधिबाट खरिद गर्ने निर्णय गरिएको छ । यसको बजेट व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ ।
११,शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा झापा निवासी श्री डा। चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।
१२, नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, चापाकोट–६, स्याङ्जास डा। हरिहर वस्ती, का।म।न।पा।–३१, काठमाडौंस डा। सन्ध्या चापागाई, मध्यपुर ठिमी, भक्तपुरस डा। सुप्रभात श्रेष्ठ, मोरङस डा। प्रनित पोखरेल, काठमाडौं र रजिष्ट्रार पदमा डा। कृष्ण प्रसाद अधिकारी, धुम्बाराही, काठमाडौंलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
१३, राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण ९पिआइएस० अनुसार कायम भएको पदनामअनुसार समायोजन पत्र दिन स्वीकृति दिइएको छ ।






प्रतिकृया