भक्तपुरबाट चोरीको मोटरसाईकल सहित दुई जना पक्राउ
प्रकाशित मिति
२०७६ पुष १० गते, बिहीबार ०५:५५
भक्तपुर, चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडमा प्रहरी नायब निरीक्षक रमेश राईको कमाण्डमा खटिएको टोलीले चोरीको मोटर साइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे अनेकोट गाउँपालिका–१ घर भई हाल ताथली बस्ने २० वर्षिय मनराज तामाङ र दोरम्बा बस्ने १८ वर्षिय अनिल तामाङ रहेका छन् ।
उनीहरु बा ८६ प १४५० नम्बरको मोटर साइकल शंका लागि चेक जाँच गर्ने क्रममा काजजात केही नभई भाग्दै गरेको अवस्थामा उनीहरु विहीबार पक्राउ परेका हुन् । उनीहरुलाई मोटर साइकल सहित नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याई सोधपुछ गर्दा उक्त मोटर साइकलको कागजात नभएकोले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौंमा समन्वय गरी बुझ्दा उक्त नम्बरको मोटर साइकल चोरीको भनि खुल्न आएकोले उक्त मोटर साइकल र व्यक्तिहरुलाई थप अनुसन्धानको लागि वृत्त ठिमीमा राखिएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।





प्रतिकृया