• ४ असोज २०८३, आइतबार
  • ६ः५८ बेलुका

प्रतिनिधिसभा सदस्य शाहको बिरुद्धमा सडक अवरुद्ध

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०५:२९

मातृभूमिन्युज संवाददाता / कपिलवस्तु

National Life

कपिलवस्तु, कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको बिरुद्धमा सडक अवरुद्ध गरिएको छ । अभिनेता श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानियले कारवाहीको लागि माग गरेका छन । गत पुष ५ गते आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको सांसदलाई आरोप लागेको छ ।

बुधवार मिश्रका सर्मथकहरुले चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा आमहड्ताल गरेको राप्रपा जिल्ला उपाध्यक्ष प्रेम संकर शुक्लाले बताउनुभयो । ‘यो पहिलो चरणको दबाव हो प्रशासनले कारवाही नगरे हामी आन्दोलनमा जान्छौं । ’ उहाँले बताउनुभयो । सांसद शाह र उहाँका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको दावी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया