• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

राष्ट्रियसभा सदस्य एकतिहाइको निर्वाचन माघ १५ भित्र हुने

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार १०:५४

काठमाडौँ, राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन संसद् सचिवालयले निर्वाचन आयोगलाई पत्रचार गरेको छ । फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुने भएपछि सचिवालयले आयोगलाई पत्र पठाएर निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको हो । सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा उल्लेख छ । यसअनुसार माघ १५ गतेभित्र निर्वाचन गरिसक्नुपर्छ ।

राष्ट्रियसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ । प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । सोही अनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ । ५९ जना सदस्य रहेको राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट ४२, नेपाली कांग्रेसबाट १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबाट दुई–दुईजना सदस्य छन् । राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ भन्ने संविधानको व्यवस्थाअनुसार उनीहरुको यसअघि नै गोलाप्रथाद्वारा कार्यकाल विभाजन गरिएको थियो । नागरिक दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया