• ४ असोज २०८३, आइतबार
  • ६ः१४ बेलुका

सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइ

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार ११:०८

काठमाडौं, काठमाडौं महानगरपालिका र इन्टरनेट सेवाप्रदायक वल्डलिंकबीचको सहकार्यमा काठमाडौंका सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइ सेवा प्रदान भइरहेको छ।

National Life

वल्डलिंकसँगको सहकार्यमा महानगरले पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरवार क्षेत्रमा ग्राहकलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गरिरहेको छ। महानगर र वल्डलिंकबीच २०७५ चैतमा यी स्थानमा पाँच वर्षका लागि इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता भएको थियो। महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमै महानगरपालिका भित्रका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र स्वयम्भू, पशुपति, बौद्ध, बसन्तपुरलगायत स्थानमा द्रुत गतिको ‘फ्रि वाइफाइ जोन’ बनाउने बताएका थिए।

महानगरका सार्वजनिक निजी साझेदारी प्रमुख धु्रव काफ्लेका अनुसार सम्पदा क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटनलाई सहज इन्टरनेटको पहुँच दिन निःशुल्क इन्टरनेटको व्यवस्था मिलाइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया