• ३ असोज २०८३, शनिबार
  • ७ः०७ बेलुका

पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ ,दोस्रो आन्तरिक पर्यटन मेला आयोजना हुने

प्रकाशित मिति

२०७६ मंसिर ६ गते, शुक्रबार १२:३५

काठमाडौं , ‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ दोस्रो डोमेस्टिक टुरिजम मार्ट डीटीएम २०२०को औपचारिक घोषणा गरिएको छ । आगामी फाल्गुन ९ र १० गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा उक्त मेला आयोजना गर्न लागिएको आयोजक संस्था गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

National Life

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ ।मेलामा १ सय ५० वटा भन्दाबढी व्यापारीक तथा पर्यटकीय गन्तव्य पहिचान गर्ने स्टलहरु रहने छन् ।

पर्वतारोहणका लागि चाहिने ट्रेकिङ सामाग्री, हस्तकला सामाग्री, बिभिन्न जिल्लाबाट उत्पादित सामाग्री, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाईन्स, प्याकेज टुरका साथै पर्यटन बजारमा सक्रिय सबै पर्यटन संस्थाहरु टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्ट एसोसिएसन, एफएनसीसीआई, टीटीडीसी, एनएमआईए, एनएमजीए, पाटा नेपाल च्याप्टर, रेवान, टिगान, भिटोफ, चेम्बर, कुरियर संघ, हस्तकला, गार्मेन्ट संघ, एनटीभीए, कन्सल्टेन्सी, केबुलकार, एड्भेन्चर ट्रिपलगायत पर्यटकीय संघ संस्था, स्कुल कलेज प्रतिष्ठानका स्टलहरु रहने छन् । मेलाको बाहिरी भागमा देशैं भरीका खानाका परिकारहरुको फुड स्टल पनि रहने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मेलामा सहभागिहरुले आफुले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिन सक्नेछन् । देशका शीर्ष नेता, संघीय सरकारका मन्त्री, अन्य उच्च पदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया