• ३ असोज २०८३, शनिबार
  • ६ः११ बेलुका

आफूमाथि अपमान भएको भन्दै उपेन्द्र यादवले प्रम ओलीलाई भेटी सत्ता साझेदारी बारे निर्णय लिने

प्रकाशित मिति

२०७६ मंसिर ६ गते, शुक्रबार १२:५६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट सरुवा गरेर कानुन मन्त्रालयमा पुर्याएपछि समाजवादी पार्टीभित्र सरकारबाट हट्नुपर्ने आवाज बढेको छ । शुक्रबार दिल्लीबाट काठमाडौं आएलगत्तै यादवले प्रधानमन्त्री ओलीलाई भेट्ने भएका छन् ।

National Life

समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादवले निर्णायक कुरा गर्ने सो दलका नेता रकम चेम्जोङले बताएका छन् । उनले भने, ‘अध्यक्षज्यू स्वदेश फर्किएपछि प्रधानमन्त्रीज्यूसँग फाइनल कुरा हुन्छ ।’ निर्णायक कुरामा संविधान संशोधनको विषयमा छलफल हुने चेम्जोङले बताए ।

संविधान संशोधनका लागि भनेरै ओलीले यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । तर, यादव रुष्ट भएका छन् । उनले आफूमाथि अपमान भएको भन्दै निर्णय लिने भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतमा रहँदा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग समेत हेर्ने महासचिव राम माधवलगायत नेतासँग भेटेका यादवले विदेशमा हुँदा आफूसँग सल्लाह नगरी मन्त्रालय हेरफेर गरेकोमा असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । यसलाई उनले सत्ताबाट हटाउने ओलीको रणनीतिका रुपमा बुझेको आफु निकटस्थ एक नेताले बताएका छन ।

प्रतिकृया