• ४ असोज २०८३, आइतबार
  • २ः३३ दिउँसो

उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

प्रकाशित मिति

२०७६ कार्तिक १५ गते, शुक्रबार ०९:५६

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन् । सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन् ।

National Life

‘उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन् ।’ –मन्त्रालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरेपछि कतिपयले मन्त्रालयमै गएर आफ्नो योग्यतासहितको व्यक्तिगत विवरण बुझाएका हुन् ।

मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिका लागि आफूलाई समेत केही व्यक्तिले व्यक्तिगत विवरण उपलब्ध गराएको जानकारी दिँदै भने– ‘विवरण माग गरेलगत्तै करिब ४० जनाले नाम दिएका छन् ।’ उनका अनुसार आज शुक्रबार वा आज नभए आइतबारसम्म पहिलोचरणको नाम सार्वजनिक गर्ने तयारी छ ।नेपाल समाचार पत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया