• ४ असोज २०८३, आइतबार
  • १०ः०८ राती

अमेरिका र ब्राजिलमा सम्मानीत :राम श्रेष्ठ (बोस)

प्रकाशित मिति

२०७६ कार्तिक १४ गते, बिहीबार ११:१५

काठमाडौं, थ्रि स्टार क्लवको कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (बोस) अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानीत हुनुभएको थियो ।

National Life

श्रेष्ठ अमेरिकामा आयोजना भएको एक कार्यक्रममा ‘लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड’ले सम्मानीत हुनुभएको थियो ।ग्लोबल कोरियन मार्टियल आट्स फेडरेशनको आयोजनामा अमेरिकाको न्यू जर्सीमा भएको अन्तराष्ट्रिय खेलुकद प्रतियोगिताको अवसरमा श्रेष्ठ ‘लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड’ अन्तगतको स्पोट्स पर्सनालीट विधामा सम्मानीत हुनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, यही अक्टोवर २० मा इन्टरनेसनल कराते युनियनको आयोजनामा ब्राजिलमा समेत वल्र्ड कराते च्याम्पियनसिपमा बोस सम्मानीत हुनुभएको थियो । विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठ एर्पिसेशन अवार्डद्धारा सम्मानीत हुनुभएको थियो । नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको बोस विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागिरहनु भएको छ । थ्रि स्टार क्लव लगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउन समेत बोसको महत्वपूर्ण योगदान रहँदै आएको छ । साथै नेपालको विभिन्न संघसंस्थादेखि सामाजिक कार्यक्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।

प्रतिकृया