• ५ असोज २०८३, सोमबार
  • १२ः२२ राती

म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा चेल्सीलाई हराउँदै

प्रकाशित मिति

२०७६ कार्तिक १४ गते, बिहीबार ११:०१

काठमाडौं , म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २(१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुबैले गोल गरे । चेल्सीका लागि मिची बाटसुएयीले गोल फर्काएका थिए ।

National Life

खेलको २५औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट गोल गर्दै युनाटेडलाई १,० गोलको अग्रता दिलाएका थिए । खेलको ६१औं मिनेटमा बाटसुएयीले गोल गर्दै चेल्सीलाई १,१ गोलको बराबरी दिलाए । तर राष्फोर्डले खेलको ७३औं मिनेटमा गोल गर्दै २,१ गोलको जित दिलाएका हुन् ।

त्यस्तै, वोल्भसलाई पराजित गर्दै एस्टन भिल्ला पनि काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया