• ५ असोज २०८३, सोमबार
  • ४ः४४ बिहान

जागिरे मानसिकताले कार्यालय समय मात्र ख्याल गर्ने प्रबृत्ति छ –सांसद तथा पुर्व मन्त्री बस्नेत

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०२:४४

फिड नेपालको तेस्रो बार्षिक उत्सव सम्पन्न
भक्तपुर । फिड नेपालको तेस्रो बार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा सुस्त मनस्थिति, कल्याण बिद्यालयका वौद्धिक आपङ्गता भएका बालबालिकाहरुलाई स्कुल ब्याग, ब्ल्याङकेट,वितरण गरिएको थियो भने जेष्ठ नागरीकहरुलाई पनि ब्ल्याङकेट वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले संस्थाको तर्फबाट उक्त सामाग्री वितरण गर्नु भएको थियो ।

National Life

सांसद बस्नेतले कार्यक्रममा बोल्दै सुस्त मनस्थिति अपाङ्गता भएका मानिसहरु संबिधानले दिएका मौलिक हकबाट बन्चित हुन नहुने बताउनुभयो । समाजमा पछि परेका बर्गलाई राज्यको मुलधारमा ल्याउने दायित्व सरकार र नागरिक समाजको हो उहाँले भन्नुभयो ।सरकार एक्लैको पहलबाट संबिधानले दिएका हक अधिकार बिशेष बर्गका नागरिकले प्राप्त गर्न नसक्ने बताउँदै यसमा सामाजिक संस्थाको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

जागिरे मानसिकताले कार्यालय समय मात्र ख्याल गर्ने र सरकारी काम कैले जाला घाम जस्तो मानसिकता पाल्ने तर समाजसेवी भावनाले समयको ख्याल नगरी परोपकारी कामलाई महत्व दिने गरेको उहाँले बताउनुभयो । उहाँले सुस्त मनस्थिति अपाङगता भएका मानिसहरु शिक्षाबाट बन्चित हुन नपरोस भनेर नेपाल सरकारले यसलाई कार्यान्यन गर्ने सन्दर्भमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालएले विविध कार्यक्रमहरु ल्याएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘राज्यले दिने सेवा सुविधाहरुलाई सहज ढङगले लिने वातावरण बनाउने दायित्व राज्यको हो ।’उहाँले एउटा फरक पहिचान र छुटै अस्तित्व लिएर जन्मिएका वौद्धिक अपाङगता भएका मानिसहरु समाजमा धेरै रहेको बताउँदै त्यस्ता मानिसहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अन्तराराष्ट्रिय फिड फाउण्डरका संस्थापक मातृ जि ,नेपालमा रहेको संस्था फिड नेपालकी अध्यक्ष आयुसा जान्छे ,भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी ,गैर सरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बर्जगाई , हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिज्ञान राई,यो.यो.ब्यैङकेटका सञ्चालक श्रीभक्त कासिछ्वा ,समाजसेवी तथा नेकपाका नेता रोमन सिलाकारको उपस्थित रहेको थियो । कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारीको सम्मान रितु सिल्पकारलाई गरिएको थियो । फिड नेपालले सम्पुर्ण अतिथिहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो ।सुर्यविनायकमा रहेको यो.यो.ब्यैङकेटमा उक्त कार्यक्रम भएको थियो ।

प्रतिकृया