• २४ भदौ २०८३, बुधबार
  • १०ः३९ बिहान

राष्ट्रपतिकी छोरी उषा राजनीतिमा देखिदै

प्रकाशित मिति

२०७६ आश्विन २९ गते, बुधबार ११:५३

काठमाडौं, राष्ट्रपति विद्यादेवि भण्डारीकी छोरी उषा किरण पछिल्लो समय नेपाली राजनीतिको वरीपरि देखिन थालेकी छन् । राष्ट्रपति भण्डारीले आफ्नी जेठी छोरी उषा किरणलाई भण्डारीलाई राजनीतिमा अगाडि बढाइरहेको पछिल्लो राजनीतिक कार्यक्रममा देखिन थालेको छ । गत शनिवार मात्रैै चिनियाँ राष्ट्रपति सि चिङपिङले गरेको नेपाल भ्रमणको समयमा देखिएको एक दृश्यबाट पनि उनको राजनीतिक सहकार्य प्रष्ट देख्न सकिन्छ ।

National Life

गत शनिवार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष तथा सरकारका मन्त्रीसहित ठुलो संख्यामा विश्ष्ठि व्यक्तिको उपस्थितिमाझ राष्ट्रपतिकी छोरी सिको स्वागतको लागि विमानसम्म पुगेको दृश्यबाट धरैले विभिन्न अनुमान लगाउन थालेका छन् ।

kumari

राष्ट्रपति भण्डारीले सीको स्वागतका लागि आफ्नै छोरीलाई अगाडी बढाएपछि अहिले केहि विरोध पनि हुदै आएको छ । स्वागतका लागि राष्ट्रपतिकी छोरी गएको प्रति पोर्टफोलिया चासो समेत बढेको थियो । राष्ट्रपतिकै छोरी भएको कारण उनी कुनै पनि हैसियतबाट राष्ट्रपति सिको स्वागतमा पुग्न नहुने प्रोटोकल सम्बन्धी ज्ञान भएका जानकारहरु बताउँछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जबकि उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसमेत सीलाई स्वागत गर्न भीभीआईपी लबिमा बसेका थिए । तर उनी पदिय मर्यादा भन्दा माथी उठेर उक्त स्वागतका लागि पुगेकी थिईन् । मदन भण्डारी फान्डेसनको अध्यक्ष रहेकी उषा किरण भण्डारी पछिल्लो पटक राजनीतिमा सक्रिय बन्दै आएको देखिन्छ । उनी मदन भण्डारी कलेजको सञ्चालक समितीकी समेत अध्यक्ष रहिसकेकी छन् ।

प्रतिकृया