• ६ असोज २०८३, मंगलबार
  • २ः३६ राती

विश्वकप फुटबलको एसियाली छनोटमा प्रतिस्पर्धा

प्रकाशित मिति

२०७६ आश्विन २३ गते, बिहीबार ०८:२३

काठमाडौं , नेपालले आयोजक अस्ट्रेलियासँग क्यानवेरामा उनीहरूको घरेलु मैदानमा बिहीवार विश्वकप फुटबलको एसियाली छनोटमा प्रतिस्पर्धा गर्दा सकेसम्म रक्षात्मक खेल्ने रणनीति बनाएको जनाएको छ।
आयोजक अस्ट्रेलियाको पनि नेपालसँग हार्ने कुनै योजना छैन। बरु बढीभन्दा बढी गोल गरेर कतार विश्वकप यात्रामा ऊ नजिक पुग्न चाहन्छ।अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणा गरिसकेका छन् की उनीहरू नेपाल विरुद्ध आक्रमक खेल्नेछन् र बढीभन्दा बढी गोलको प्रयास गर्नेछन्।

National Life

स्मरणीय यो पनि छ कि अन्तर्राष्ट्रिय फुटबल इतिहासमा अस्ट्रेलिया, नेपालले सामना गर्न लागेको अहिलेसम्मको सबैभन्दा उच्चवरीयताको प्रतिद्धन्दी हो।

नेपाल हाल विश्व वरीयतामा १६१ औँ स्थानमा छ भने अस्ट्रेलिया त्यो भन्दा ११७ स्थान माथि ४४ औँ स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

तिहास खोतल्दा भेटिन्छ, नेपालले बेहोरेको दक्षिण कोरियासँग १६-० र चीनसँग १२-० को हार अहिलेसम्मको उच्च गोल खाएका नराम्रा कीर्तिमान हुन्। यसपटक विश्वकप छनोटको सुरुवातमा नै कुवेतसँग ७-० ले हार बेहोरेको हुनाले कतिपय फुटबल समर्थकमा यस्तो संशय जाग्न पनि सक्छ। त्यही कुवेतलाई अस्ट्रेलियाले ३-० ले हराइसकेको छ।

प्रतिकृया