साढे तीन वर्षपछि जनताले मौका दिनसक्छन्, कोही आत्तिनु पर्दैन : अध्यक्ष दाहाल
प्रकाशित मिति
२०७६ आश्विन ९ गते, बिहीबार ०५:१०
रुपन्देही, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानअनुसार चुनाव भएर सरकार बनेको दुई वर्ष नपुग्दै धेरै नकारात्मक टिप्पणी भएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको छ ।
बिहीबार तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उदघाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘दुई वर्ष पनि भएको छैन । एक थरी मान्छेहरु डेढ वर्षमा धेरै चमत्कार भइसक्नुपर्थ्यो भन्या जस्तो गरी नकारात्मक टिप्पणी गर्छन् ।’ ढाइसय वर्षदेखि तानाशाही र निरंकुशताले जरजर बनाएको समाजमा डेढ वर्षमै चमत्कार गर्न सक्नुपर्थ्यो भनेर सोच्नु कल्पना त हुनसक्छ तर स्वैर ।’
वर्षौंदेखि नेपाली समाज र त्यहाँको सोच र शैलीमा थुप्रिएको फोहोर फाल्न समय लाग्ने बताउदै उहाँले भन्नुभयो, ‘नकारात्मक टिप्पणीले फेरि निरंकुशतालाई मद्दत नगरोस् भन्नेमा सचेत मात्र गराउन खोजेको हुँ ।’
अध्यक्ष दाहालले भन्नुभयो, ‘सरकारले राम्रो काम गर्यो, विकासलाई गति दियो, अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनायो भने हामी सबैका लागि खुसीकै कुरा भयो । हाम्रो पार्टीले त्यसो गर्न सकेनौं भने साढे ३ वर्षपछि जनताले अर्को पार्टीलाई मौका दिनसक्छ । त्यसकारण अहिले कोही आत्तिनु पर्दैन ।’






प्रतिकृया