• १७ भदौ २०८३, बुधबार
  • ३ः४७ दिउँसो

मौसमी रुघाखोकीको लक्ष्यण र बच्ने उपाय

प्रकाशित मिति

२०७६ आश्विन ४ गते, शनिबार १२:२४

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्।

लक्षण

Kamana Sewa

– ज्वरो आउने
– टाउको दुख्ने
-घाँटी दुख्ने
-रुघाखोकी लाग्ने
-श्वास फेर्न गाह्रो हुने
– बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

Classic Tech Desktop

बच्ने उपाय

-खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
-साबुन पानीले मिची मिची हात धुने गरौं।
-पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
– ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
-आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
– ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
– शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
– आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
-अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
-नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

प्रतिकृया