• ४ असोज २०८३, आइतबार
  • १२ः०८ दिउँसो

चिकित्सा आयोग उपाध्यक्षमा गिरी

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०६:४६

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा।डा।श्रीकृष्ण गिरी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकारी उपाध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले जानकारी दिए । वीर अस्पतालमा कार्यरत गिरी हाड जोर्नी विशेषज्ञ हुन् । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टरसमेत हुन् ।

National Life

उपाध्यक्षको चार वर्षे कार्यकाल हुन्छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको समितिले गिरीको नाम सिफारिस गरेको थियो ।
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया