इन्द्रजात्रा राष्ट्रिय पर्वको रुपमा मनाउन मेयर शाक्यको भनाई
प्रकाशित मिति
२०७६ भाद्र २६ गते, बिहीबार १०:०५
काठमाडौं, काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन पर्ने बताउनु भएको छ । महानगरपालिकाले काठमाडौमा पत्रकार सम्मेलन गरी आठ दिनसम्म मनाइने इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सबैसँग आग्रह गर्नु भएको हो । इन्द्रजात्रालाई भव्य रुपमा मनाउनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति गठन गरिएको छ भने स्थानीय संघ, संस्था र क्लबसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको मेयर शाक्यले जानकारी दिनुभयो ।
नेपालको प्रचार प्रसार र पर्यटकीय दृष्टिकोणलाइसमेत प्राथमिकतामा राखिएको उहाको भनाई छ । कुमारी घरमा पुगेर कुमारी अवलोकन गर्ने र विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरीने छ । इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउनेछन् । उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथ लगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने छ ।





प्रतिकृया