रवि सहित तीन जनामाथी परेको मुद्धाको सुनुवाई आज
प्रकाशित मिति
२०७६ भाद्र २६ गते, बिहीबार १०:२४
काठमाडौंः न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई हुने भएको छ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई गर्ने जनाएको हो।
पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि ५ लाख, युवराज ३ लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्।
तीनैजनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको बताइएको छ ।






प्रतिकृया