• १७ भदौ २०८३, बुधबार
  • ४ः५८ बेलुका

डेंगु नियन्त्रणमा गन बोकेर आफै खटिए सांसद बस्नेत

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ०२:४४

भक्तपुर, यतिबेला डेंगुको त्रास देशभर बढी रहेको छ । प्रि–मनसुनमा नै प्रकोपको रुप लिएको डेंगु अहिले देशभरका ५६ जिल्लामा प्रमुख समस्याको रुपमा देखापरेको छ । यो आार्थक वर्ष भित्र करिब चार हजार व्यक्तिमा डेंगु संक्रमण रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोली तथा रोग नियन्त्रणले महाशाखाले जनाएको छ । देशभरी हाल सम्म डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफै डेंगु नियन्त्रणमा लागेका जुट्नु भएको छ । सांसद बस्नेतले आज विहानै औषधिसहितको गन बोकेर डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियानमा जुट्नु भएको हो । आफै सक्रिय भएर लागेको सांसद बस्नेतले भन्नुभयो, ‘डेंगु रोग प्रकोपका रुपमा फैलिंदै गएकाले त्यसको नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट हामी सबैले सहयोग गर्नुपर्छ । सरकार आफ्नो क्षेत्रबाट गर्नुपर्ने गरिरहेको छ । हामीले पनि सरकारलाई साथ दिंदै आ–आफ्नो क्षेत्रमा डेंगु नियन्त्रणका लागि प्रयास गर्नैपर्छ ।’

Kamana Sewa

बेभ गु्रपका अध्यक्ष एबम् हनुमन्ते नदी सफाई अभियानका प्रमुख अभियन्ता नरेश रन्जितको संयोजनमा संचालन गरिएको डेंगु नियन्त्रणको यस अभियानमा मध्यपुर थिमी नगरपालिका उप प्रमुख अन्जनादेबि मधिकर्मी ,बेभ गु्रपका प्रतिनिधि, सुर्यबिनायक नगरपालिकाका सफाई दुत, बरिष्ट चलचित्र निर्देशक तथा हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता मदन घिमिर, हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक रुद्र पौडेल,पातन्जल नेपालका केन्द्रिय महासचिब तथा हनुमन्ते नदी सफाई अभियानका अगुवा अभियन्ता नबराज काफ्ले लगाएत अभियानका अगुवा अभियन्ताहरुद्धारा आज भक्तपुरको मनोहरा खोला आसपास गनको प्रयोगले डेंगु रोग सार्ने लामखुट्टे मार्ने काम गरिएको हो । भक्तपुरमा रहेका ५ वटा अस्पतालको अनुसार हाल सम्म १२३ जना डेंगु संक्रमित भेटिएका छन् ।

Classic Tech Desktop

 

प्रतिकृया