• १७ भदौ २०८३, बुधबार
  • ४ः५७ बेलुका

भक्तपुरमा १२३ जना डेंगु संक्रमित

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ०१:५५

सुभाष कुँवर

भक्तपुर, यतिबेला डेंगुको त्रास देशभर बढी रहेको छ । प्रि–मनसुनमा नै प्रकोपको रुप लिएको डेंगु अहिले देशभरका ५६ जिल्लामा प्रमुख समस्याको रुपमा देखापरेको छ । यो आार्थक वर्ष भित्र करिब चार हजार व्यक्तिमा डेंगु संक्रमण रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोली तथा रोग नियन्त्रणले महाशाखाले जनाएको छ । देशभरी हाल सम्म डेंगुबाट ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गरी भक्तपुरमा १२३ जनामा डेंगु संक्रमण देखापरेको छ ।

Kamana Sewa

भक्तपुरमा रहेका ५ वटा अस्पतालको अनुसार हाल सम्म १२३ जना डेंगु संक्रमित उपाचरात रहेका छन् । भक्तपुर अस्पतालमा भदौ ८ गते देखि २४ गते सम्मको तथ्याङ्कअनुसार ८० जना डेंगु संक्रमित रहेका छन् भने तिनदेखि चार दिन सम्ममा डा. युवामुरा हस्पिटलमा २६ जना, मध्यपुर हस्पिटलमा ७ जना, नागारिक कम्यनिति टिचिङ्ग हस्पिटलमा ६ जना र नेपाल कोरिया मैत्री अस्पतालमा मंगलबार सम्मको तथ्याङ्क अनुसार ४ जना डेंगु संक्रमण रहेका छन् ।

Classic Tech Desktop

जिल्लामा भदौ १७ गते देखि द्रुत प्रतिकार्य समुहका बैठक बसी डेंगु रोगथाम गर्ने अभियान जारी रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाले जानकारी दिनुभयो । अभियानमा चारबटै नगरपालिकामा रोग नियन्त्रण तथा रोकथाम अभियान गर्न एक समन्वय समिति बनाएको छ । जिल्लाका जनप्रतिनिधि, पत्रकार, स्वास्थचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरि रहेको छ ।

 

प्रतिकृया