• 11:05 pm

चार देशसँग हवाई सम्झौता हुदै

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०७:२९

काठमाडौं । सरकारले थप चार देश फिनल्यान्ड, इन्डोनेशिया, रूस र अस्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ । हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
नेपालसँग हवाई सम्झौता गर्नेे कम्बोडिया ३९ औं देश हो ।

सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लोपटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । २०७५ मङ्सिरमै थाइल्यान्ड र जापानसँग हवाई सम्झौताको नवीकरण गरेको थियो । यस्तै नेपाल र चीनबीच गत साउन ९ र १० गते हवाई सेवा सम्झौता पुनरवलोकन भएको छ । चीनको राजधानीमा भएको द्विपक्षीय वार्तामा सातामा ७० उडान गर्न पाउने प्रावधानमा थप गरी ९८ र्पुयाइएको छ ।

प्रतिकृया