• 10:44 pm

धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको प्रदेश–२ मुख्यमन्त्री राउतको भनाई

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०७:२३

जनकपुरधाम– देशको पर्यटकिय विकासको लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ ।

हिजो महोत्तरीको बर्दीवासमा आयोजित नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको पर्यटकीय विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तिनै तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको हो ।

प्रतिकृया