• ५ असोज २०८३, सोमबार
  • ८ः२३ बिहान

जलविद्युत् आयोजनाको पीपीए एउटै दरमा गर्न माग

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार १०:२७

काठमाडौं। रुग्ण जलविद्युत् आयोजनाले साना र ठूला सबै खाले आयोजनाको पीपीए दर एउटै कायम गर्न माग गरेको छ । आयोजनाको पछिल्लो अवस्थाबारे ऊर्जा मन्त्रालयमा गरिएको छलफलमा निजी क्षेत्रका ८३ वटा साना जलविद्युत् आयोजना वित्तीय जोखिममा परेको भन्दै आयोजनालाई जोगाउन सरकारसँग आग्रह गरिएको हो । रुग्ण जलविद्युत् आयोजना समन्वय समितिका संयोजक सूर्यप्रसाद अधिकारीले ऊर्जामन्त्री वर्षमान पुनसँग ८३ वटा साना आयोजनामध्ये धेरै आयोजना बैंकले लिलाम गर्ने अवस्थामा पुगेको जानकारी गराएको थियो ।

National Life

समितिले बैंकको ब्याजदर पनि ५ प्रतिशतमा झार्न माग गरेको छ । हाइड्रोलजिकल पेनाल्टीलाई सरकारले दस्ताबेजमा स्वीकृत गरिसकेको भए पनि प्राधिकरणले कार्यान्वयन गर्न बाँकी रहेको हुँदा यसलाई समेत कार्यान्वयन गर्न माग गरिएको छ । संयोजक अधिकारीले भने ‘प्राधिकरणको प्रसारण लाइनकै कारणले आफूहरूले १५ प्रतिशत आम्दानी गुमाइरहेका छौँ’ । प्रसारण लाइन नबनेका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका आयोजनालाई शतप्रतिशत क्षतिपूर्ति दिनसमेत माग गरिएको छ ।

प्रतिकृया