• ४ असोज २०८३, आइतबार
  • १२ः३७ राती

चलचित्र ‘पासवर्ड’१२ देशमा एक साथ रिलिज हुने

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ११:२१

भक्तपुर, भदौ २७ देखि अल नेपाल रिलिज हुने चलचित्र ‘पासवर्ड’ले विदेशको रिलिज क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन चलचित्र रिलिज हुनेछ ।

National Life

स्रोतको जानकारी अनुसार सेप्टेम्बर २७ अर्थात असोज १० देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ । अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने चलचित्र भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।

यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा चलचित्र रिलिज फिक्स भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया