• ४ असोज २०८३, आइतबार
  • १२ः५२ राती

हङकङमा ठूलो राजनीतिक संकट, विकल्प थियो भने राजीनामा दिन्थें स् क्यारी लाम

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार १०:४९

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सहरमा राजनीतिक संकट सुरु गराएर आफूले ‘माफ दिन नमिल्ने खालको विध्वंस’ गरेको भन्दै यदि मिल्थ्यो भने पदबाट राजीनामा दिने मनस्थिती रहेको बताएकी छिन् । व्यापारीहरुको एउटा समुहसँग गत साता गरेको वार्तालापको अडियोमा प्रमुख कार्यकारी लामले आफूसँग विकल्प थियो भने पदबाट राजीनामा दिने मनस्थिति रहेको बताएकी थिइन् ।

National Life

बन्द कोठामा आयोजित सो बैठकमा कार्यकारी लामले विद्यमान हङकङ संकट सामाधानका लागि आफूसँग ‘अति नै कम विकल्प’ रहेको समेत बताएको समाचार एजेन्सी रोयटर्सले प्रकाशन गरेको विशेष रिपोर्टमा उल्लेख गरिएको छ । उनले हङकङको वर्तमान संकट चीनको संयुक्त राज्य अमेरिकासँग बढिरहेको तनावसँगै उब्जिएकाले अब यो राष्ट्रिय सुरक्षा र स्वाधिनाताको विषयसँग जोडिएको बताइन् ।
नागरिक दैनिकबाट साभार

प्रतिकृया