‘रियल हिरो २०७६’द्धारा सेवा घरलाई सम्मान
प्रकाशित मिति
२०७६ भाद्र १५ गते, आईतवार ०३:१२
काठमाडौँ, भक्तपुरमा सञ्चालन मानव कल्याण समाज (सेवा घर) सम्मानित भएको छ । शनिवार काठमाडौँको सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालयले आयोजना गरेको ‘रियल हिरो २०७६’द्वारा सेवा घरलाई सम्मान गरेको हो ।
साथसथै भक्तपुरलाई बेवारिसे सडक मानव मुक्त बनाउने उद्घोषण पनि गरेको छ । सामाजिक क्षेत्रमा काम गर्ने उत्कृष्ट सस्थाहरुको मूल्याङ्कन गरी छनौटको आधारमा प्रत्येक वर्ष प्रदान गरिने रियल हिरो सम्मान यस वर्ष मानवीय कल्याणको कार्यलाई सर्वोत्कृष्ट सामाजिक कार्यको रुपमा अग्र स्थानमा राखी वृहत कार्यक्रमका विच यस वर्षको रियल हिरो २०७६ पुरस्कार मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरेको छ ।
यस पुरस्कारको प्राप्तिले मानव कल्याण समाजलाई मानवीय कार्यमा अघी बढ्न थप जिम्मेवारी तथा उत्प्रेरणा प्राप्त भएको संस्थाका संचालक सुमित्रा चौलागाईले बताउनुभयो । उक्त सम्मानले अझ बढी आफ्नो संस्थाको लक्ष्य अनुसार काम गर्दै अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सम्मानले जिम्मेवारीको अझ ठूलो बोझ लिएको बताउँदै उहाँले भक्तपुर जिल्ला र काठमाडौँ उपत्यका लगायत सिङ्गो ३ नम्बर प्रदेशलाई नै बेवारीसे सडकमानव मुक्त बनाई मानवीय सुन्दरताको समाज निर्माण गर्न संस्थाले विशेष सहयोग गर्ने बताउनुभयो ।






प्रतिकृया