जारी पाचौं यु–१५ साफ च्याम्पियनसीप फुटबलमा आज भुटान र नेपाल भिड्दै
प्रकाशित मिति
२०७६ भाद्र १२ गते, बिहीबार ०७:४७
नेपाली युवा टिम भारतमा जारी पाचौं यु–१५ साफ च्याम्पियनसीप फुटबलमा आज भुटानविरुद्ध प्रतिष्पर्धा गर्दै छ। आज मध्यान्ह हुने खेलमा भुटानलाई हराए नेपालले प्रतियोगिताको फाइनल यात्रा तय गर्ने छ। बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दे फाइनलको सम्भावना कायम राखेको नेपालका लागि बिहिबार भुटानविरुद्धको खेल निर्णायक हुने छ। भारतको कल्याणी रंगशालामा जारी प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको भुटान विरुद्ध निश्चित जितको खोजिमा नेपाल हुने छ। तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपालले फाइनलमा स्थान पक्का गर्ने छ। प्रतियोगितामा जितविहिन रहेको भुटान प्रतियोगिताको सुखद अन्तको लक्ष्यमा रहने छ।
तर उसका लागि नेपालाई हराउन भने सहज छैन्। प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्।





प्रतिकृया