• ४ असोज २०८३, आइतबार
  • ८ः४९ बिहान

सरकारले गरेको काम नियाल्न मन्त्री बास्कोटाको आग्रह

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०६:३४

अर्घाखाँची, सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले विकास गरेन भनेर भन्ने दुरप्रचार भैरहेका बताउदै सरकारले गरेका कामलाइ राम्रो संग नियाल्न आग्रह गर्नु भयो । उँहाले अर्को निर्बाचनमा सरकारले गरेका कामको मुल्याकंन जनतालेनै गर्ने बताउदै कसैले दुरप्रचार गरेर सरकारलाइ कुनै प्रबाह नहुने बताउनु भयो । रोपेको धान पाक्नत तीन देखि चार महिना लाग्ने बताउदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताउनु भएको हो ।

National Life

सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेकोले पाँच बर्ष्भित्रमा देशको मुहार फेर्ने बताउनु भएको छ । देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको बताउदै देशलाइ समृद्धको जग बसाल्ने काम सकिएको बताउदै पाँच बर्ष भित्रमा देशको विकास र समृद्धिले काचुली फेर्ने बताउनु भयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको बताउनु भयो ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगीताको उद्धाटन गर्दै मन्त्री बास्कोटाले जनताको विश्वासलाइ बर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले पनि नगर्ने बताउनु भयो । उँहाले अर्घाखाँचीमा एक बर्षमा फोर जी सेवा विस्तार गर्ने बताउदै नेपालकै सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ल्यान्ड लाइन सेवा विस्तार गर्ने बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया