• ४ असोज २०८३, आइतबार
  • ८ः१७ बिहान

भारतका पूर्व मन्त्री अरुण जेटलीको निधन

प्रकाशित मिति

२०७६ भाद्र ७ गते, शनिबार ०३:२१

एजेन्सी, भारतका पूर्व मन्त्री तथा बीजेपीका वरिष्ठ नेता अरुण जेटलीको ६७ वर्षको उमेरमा निधन भएको छ। दुई सातादेखि उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका उनको आज (शनिबार) मध्यन्न १२ बजे निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

National Life

बीजेपीका नेता उनी सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री थिए। उनले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हालेका थिए।भारतको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्तासमेत रहेका उनले स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा क्याबिनेटमा नजाने घोषणा गरेका थिए।

गतवर्ष मिर्गौलामा समस्या आएपछि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। पछिल्लोपटक उनलाई अगस्ट ९ मा नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको केही दिनदेखि स्वास्थ्य अवस्था अत्यन्तै बिग्रेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया