• २८ भदौ २०८३, आइतबार
  • ११ः३६ बिहान

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकर बिच भेट

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ११:२०

काठमाडौं, भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएके छ । आज विहान शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नु भएको हो ।

National Life

भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीले जयशंकरलाई विदेशमन्त्री भएको बधाई दिदै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपाल भ्रमणमा ४ भदौमा आएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नु भएको छ । विदेशमन्त्री भएपछि जयशंकरको पहिलो नेपाल भ्रमण हो ।

Classic Tech Mobile
Classic Tech Desktop

भेटमा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, डिसिएम डा.अजयकुमारलगायत दुवै देशका उच्च अधिकारी सहभागी रहनु भएको थियो ।

प्रतिकृया