• ६ असोज २०८३, मंगलबार
  • २ः५६ राती

विद्यालयका प्रअ र अध्यक्ष घुससहित पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०२:०२

नवलपरासी, घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

National Life

रु ६५ हजार घुससहित पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको हो ।

शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया