• 5:27 pm

सल्लाघारीबाट सार्वजनिक यातायातमा पकेट मार्ने २ पक्राउ

प्रकाशित मिति

August 15, 2019

भक्तपुर, भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट दुई जना पकेटमार पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरी टोलीले साउन २८ गते बा३ख८२५४ नम्बरको बसमा सवार भारत मोतिहारी घर भई काभ्रे पनौती बस्ने वर्ष ३१ को सरोज कुमारको साथमा भएको नगद २३ हजार रूपैयाँ पकेटमारी भाग्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे, भुवदेउ घर भई काठमाण्डौ बौद्ध बस्ने २८ वर्षीय सोनम लामा र काभ्रे नमबुद्ध नगरपालिका–५ घर भई ललितपुर हरिसिद्धी बस्ने २२ वर्षीय गंगा बहादुर तामाङ रहेका छन् ।पक्राउ परेका उनीहरुमाथि थप अ नुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया