• २ असार २०८१, शनिबार
  • 1:42 am

प्रतिनिधिसभा बैठक जेठ ६ गते बस्ने

प्रकाशित मिति

४ जेष्ठ २०८१, शुक्रबार १६:४६

जेठ ४, २०८१ काठमाडौँ: प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गते बस्ने भएकाे छ । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आज बिहान बोलाइएको बैठक दिउँसोलाई सारिएको थियो । संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया