सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने : पर्यटनमन्त्री योगेश भटराई
प्रकाशित मिति
२०७६ श्रावण २७ गते, सोमबार ०४:३७
भक्तपुर, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रि योगश भटराईले धार्मिक, प्राकृतिक देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताउनु भएको छ । आज साउनको अन्तिम सोमबार डोलेश्वर मन्दिरको दर्शन गर्न आउनु भएको भटराईले मन्दिरको बिकासमा तीनै तहको सरकारको सहयोग रहेन समेत बताउनु भएको हो ।
भटराईले केदारनाथको शिर डोलेश्वर मन्दिरका धार्मिक तिर्थ स्थलका रुपमा बिकास हुँनु राम्रो भएको बताउनु भयो । डोलेश्वर मन्दिरलाई तीनै तहको सरकारले सँगै मिले अझैं राम्रो बनाउने तर्फ सबैको सहयोग हुनु पर्नेमा जोड दिनु भयो । डोलेश्वर मन्दि आउँदा साघुँरो सडकलाइ फराकिलो बनाउन र यो क्षत्रेका बिभिन्न समस्याको पहिचान गरि त्यसको समाधान तर्फ मन्दिर ब्यवस्थापन लागेर आउने भक्तजनका लागि सहज बनाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले प्राकृतिक सम्पदा देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताउनु भयो । सबै क्षेत्रको समन्वय गरेर भक्तपुरको बिकासमा अगाढी बढ्नु पर्नेमा जोड दिँदै हरेक क्षेत्रको समाज प्रतिको योगदान नै समाज परिवर्तनको माध्यम भएको बताउनु भयो ।








प्रतिकृया